FAQs Complain Problems

सामाजिक सुरक्षा भत्ता पाईरहनु भएका लाभग्राहीहरुलाई अत्यन्त जरुरी सूचना !!!

नेपाल सरकारबाट उपलब्ध गराइदै आएको सामाजिक सुरक्षा भत्ता खाईपाई आएका लाभग्राहीहरुले आफ्नो परिचय पत्र नविकरण र आगामी आ.व.२०७३/०७४ बाट भत्ता प्राप्त गर्ने लाभग्राहीहरुले भत्ता प्राप्तिको लागि निवेदन सम्बन्धित नगरपालिकामा २०७२ मंगसिर १५ गतेसम्म मा दर्ता गर्नु हुन अनुरोध छ | २०७२ मंगसिर १५ गतेसम्मं मा आफ्नो नाम दर्ता तथा नविकरण नभएमा २०७३ श्रावन १ गते देखि भत्ता उपलब्ध हुन नसक्ने व्यहोरा समेत यसै सूचना द्वारा धन्कुताबासी सम्पूर्ण सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरुलाई जानकारी गरिन्छ | थप जानकारीका लागि नगरपालिका कार्यालयमा सम्पर्क गर्नु हुन अनुरोध छ |